१६ बैशाख २०८१, आइतबार

सिआईबीले बुझ्यो सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन

प्रकाशित मिति :  17 March, 2024 2:03 pm


काठमाडौं । सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुझेको छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगले तयार पारेको प्रतिवेदन आइतबार सिआईबीका एआईजी श्यामलाल ज्ञवाली बुझेका हुन् ।

अध्यक्ष आचार्यले चैत्र १ गते बिहीबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बुझाएको प्रतिवेदन कार्यान्वयन अघि बढाउन गृहले सीआईबीलाई जिम्मा लगाइएको हो।

एआईजी ज्ञवालीकाअनुसार औपचारिकरुपमा सिआइबीले आज प्रतिवेदन प्राप्त गरेको छ अब अध्ययन गरेपछि मात्रै कारबाही प्रक्रिया अघि बढ्ने छ ।

विमानस्थलको भन्सार जाँच पार गरेको तस्करी भएको ६० किलो सुन, भेपमार्फत आएको सुन तस्करीमा राजनीतिक नेतृत्व मुछिएपछि सरकार नै उनिहरुलाई जोगाउन लागेको आरोप लागेको थियो ।

गत साउन २ गते भित्रिएको साढे ६१ किलो, भेप माफृत भएको सुन तस्करीको विषय छानबिनका लागि आचार्यको अध्यक्षतामा उच्चस्तरीय आयोग बनेको थियो।



प्रतिक्रिया दिनुहोस !