१२ श्रावण २०८१, शनिबार

स्याङ्जाको चापाकोटमा बेवारिसे नवजात शिशु फेला

प्रकाशित मिति :  20 March, 2024 6:07 pm


काठमाडौँ । स्याङ्जाको चापाकोट नगरपालिकामा फेला परेको बेवारिसे नवजात शिशुको जिवितै उद्दार गरिएको छ ।

चापाकोट नगरपालिका वडा नम्बर ९ को बाटारा सामुदायिक वनको खोल्सामा बेवारिसे अवस्थामा (सालनाल नछुटिएको अवस्थामा) नवजात शिशु (छोरी) आज (बुधबार) दिउँसो फेला परेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

शिशु वेवारिसे अवस्थामा जिवितै फेला परेको जानकारी पाउनासाथ चापाकोटबाट खटिएको प्रहरीले जिवितै उद्दार गरी प्राथमिक उपचारका लागि चापाकोट अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता इन्द्र बहादुर रानाले जानकारी दिए।

प्रवक्ता रानाका अनुसार नवजात शिशुलाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको छ।

घटनाकाे विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !