अछाममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन जना घाइते
प्रकाशित मिति : 25 March, 2024 11:19 am

काठमाडौं । अछाममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिए ।
प्रहरीका अनुसार षोडशाबाट साँफेबगरतर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्र्याक्टर सुयडी नजिकै दुर्घटना भएको हो ।
घाइतेहरूलाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको छ । घटनाको थप विवरण आउँन बाँकी रहेको प्रहरीले् जनाएको छ ।