१५ बैशाख २०८१, शनिबार

जलवायु परिवर्तनका कारण नेपालले गम्भीर खतराहरूको सामना गरिरहेको छ : मन्त्री बस्नेत

प्रकाशित मिति :  26 March, 2024 2:22 pm


काठमाडौं । उर्जा जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका कारण नेपालले गम्भीर खतराहरूको सामना गरिरहेको बताएका छन् ।

सोमबार काठमाडौंमा राष्ट्रिय प्रकृति संरक्षण कोषले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

मन्त्री बस्नेतले अहिले जलवायु परिवर्तनका मुद्दाहरूलाई नेपालले मुख्य रुपमा उठाइरहेको बताए । उनले भने नेपालमा रहेका हिमालय र हिमनदीहरू तिब्र रूपमा पग्लिरहेका छन्, जलवायु परिवर्तनबाट निम्तिएका चुनौतिहरुको सामना गर्न नेपाललाई क्षतिपूर्ति दिन आवश्यक छ ।

मन्त्री बस्नेतले पछिल्लो दशकमा नेपालमा बाघको संख्या झन्डै तीन गुणा बढेको र एकसिङ्गे गैँडाको संख्यामा पनि उल्लेखनीय वृद्धि भएको बताए ।

उनले भने , ‘वर्तमान सन्दर्भमा जलवायु परिवर्तनका मुद्दाहरू मुख्य छन् । हिमाली राष्ट्रको रूपमा, नेपालले जलवायु परिवर्तनबाट गम्भीर खतराहरूको सामना गरिरहेको छ । हाम्रा हिमालय र हिमनदीहरू तिब्र रूपमा पग्लिरहेका छन् । यस संकटलाई निम्त्याउने उत्सर्जनको लागि हामी थोरै जिम्मेवारी वहन गर्दा पनि हामी यसको प्रभावलाई न्युनिकरण गर्न र यसका चुनौतिहरूलाई अनुकुलन गर्ने हाम्रो प्रतिवद्धता कायम राखेका छाँै ।

विश्व समुदायलाई हामीले प्रदान गर्ने अमूल्य वातावरणीय सेवाको लागि नेपाललाई चिन्न र क्षतिपूर्ति दिन आह्वान गर्दै मन्त्री बस्नेतले अर्बौं मानिसलाई पानीको प्रवन्ध गर्नेदेखि लिएर सङ्कटमा परेका प्रजातिको संरक्षणसम्म, विश्वव्यापी वातावरणीय स्थिरतामा नेपालको योगदान अतुलनीय रहेको उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस !