२४ बैशाख २०८१, सोमबार

विप्लव नेतृत्व नेकपालाई वार्तामा ल्याउन पूर्वप्रधानमन्त्री भट्टराईको सरकारलाई आग्रह

प्रकाशित मिति :  8 May, 2020 6:22 pm


काठमाण्डौं, २६ वैशाख ।

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई वार्तामा ल्याउन सरकारलाई आग्रह गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै भट्टराईले कोरोनाले मुलुक अस्तव्यस्त भएको बेला एउटा निकास दिन आग्रह गरेका हुन् ।

उनले भने,‘ नेत्रविक्रम चन्दको समूह जो माओवादी आन्दोलनकै क्रान्तिकारी हिस्सा हो । जुन ढंगले अगाडी बढेको छ भलै उहाँहरुले लिएको बाटो ठिक छैन त्यो उनीहरुलाई पनि थाहा छ  तैपनि कोरोनाका कारण सबैअस्तव्यस्त भएको बेलामा उनीहरुलाई पनि आउने एउटा निकास दिदा राम्रै हुन्छ ।’

उनले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य अनिल शर्मा विरहीको पक्राउबारे पनि चासो व्यक्त गरे । उनले भने,‘अस्ति भर्खर मात्रै सुन्यौं कि अनिल शर्मा ‘विरही’ जो हामी सबैले चिन्छौं । राम्रो लेखक, कलाकार, राम्रो खट्ने मान्छे हुन् ।  उनी घाईते थिए उपचार गराउँदै थिए । उनलाई गिरफ्तार गरेर राखियो भन्ने भने मैले सुने यस्तो प्रकारको गतिविधि गरेर राम्रो हुँदैन ।’

उनले विप्लव नेतृत्व नेकपासँग वार्ताका लागि पहल गर्न सुझाव दिदै भने,‘ खास गरि हाम्रो पूर्व माओवादी साथीहरु नै सत्तामा हुनुहुन्छ । गृहमन्त्री हुनुहुन्छ । उहाँलाई व्यक्ति रुपमा पनि चिन्हुन्छ । त्यो एउटा माहोल बनाउँदा हुन्छ ।’



प्रतिक्रिया दिनुहोस !