३ चैत्र २०८२, मंगलबार

सेती नदीमा डुबेर एक किशोरको मृत्यु

प्रकाशित मिति :  29 March, 2024 2:45 pm


काठमाडौँ । सेती नदीमा नुहाउने क्रममा एक किशोरको मृत्यु भएको छ।

शुक्रबार दिउँसो १२ः४० बजेतिर सेती नदीमा नुहाउने क्रममा डुबेर सिलगढी नगरपालिका–१ तिखा पैरेकुडाका १८ वर्षीय महेश खड्काको मृत्यु भएको हो।

सिलगढी नगरपालिकाको वडा नम्बर ३ बासुधारास्थित सेती नदीमा नुहाउने क्रममा खड्काको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक नारायण सि. नेगीले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !