१२ श्रावण २०८१, शनिबार

काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्यो, पाँच जनाको मृत्यु

प्रकाशित मिति :  30 March, 2024 9:00 am


काठमाडौँ । त्रिशूली नदीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु भएको छ।

काठमाडौँबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खसेको हो।

ट्याक्सीबाट पाँच जनालाई मृत अवस्थामा निकालिएको हो । मृत्यु हुनेमा एक बालिका, २ पुरुष र २ जना महिला रहेका छन् ।उनीहरूको पहिचान भइसकेको छैन । दुर्घटनासम्बन्धी विस्तृत विवरण आउन बाँकी छ ।



प्रतिक्रिया दिनुहोस !