१२ श्रावण २०८१, शनिबार

अपडेट: त्रिशूलीमा ट्याक्सी खस्दा मृत्यु भएका ५ जनाको परिचय खुल्यो

प्रकाशित मिति :  30 March, 2024 9:25 am


काठमाडौँ । त्रिशूलीमा यात्रुवाहक ट्याक्सी खसेर दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको परिचय खुलेको छ।

मृत्यु हुनेमा ट्याक्सी चालक गोरखाको गोरखा नगरपालिका वडा नम्बर ७ का ३५ वर्षीय अर्जुन शिर्मल, ट्याक्सीमा सवार सोही वडाका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अन्जना रोकाय र ९ वर्षीय आगमन नगरकोटी छन्।

आज बिहान काठमाडौँबाट गोरखा जाँदै गरेको बा २ झ ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको हो।



प्रतिक्रिया दिनुहोस !