१२ श्रावण २०८१, शनिबार

पर्वतमा वृद्ध दम्पतीको हत्या आंशकामा दुईजना आफन्त पक्राउ

प्रकाशित मिति :  3 April, 2024 1:37 pm


काठमाडौं । पर्वतको मृत फेला परेका वृद्ध दम्पतीको हत्यामा संलग्न रहेको आशंकमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जलजला गाउँपालिका–२ दहमा मङ्गलवार

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी खुमलाल भुसालले अनुसन्धानको क्रममा सोधपुछका लागि शंकास्पद दुई जनालाई नियन्त्रणमा लिइएको बताए ।

‘अनुसन्धानका क्रममा मृतकका आफन्त दुई जनालाई ल्याएका छौ डिएसपी भुसालले भने घटनापछि उहाँहरू त्यहाँ हुनुहुन्थेन । केही खुल्छ कि भन्ने हिसाबले ल्याएका हौँ,’ उनले भने ।

पर्वत जलजला– २ दहमा ६९ वर्षीय सूर्यबहादुर घर्ती क्षेत्री र उनकी श्रीमती ६७ वर्षीय कमला घर्ती क्षेत्री मङ्गलवार बिहान घरभित्रै मृत फेला परेका थिए ।

गण्डकी प्रदेश प्रहरी कार्यालयबाट डाक्टर र कुकुरसहितको विज्ञ टोली घटनास्थल पुगेको थियो । उक्त टोलीले अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !