औपचारिक कार्यक्रम गरेर घोडेजात्रा मनाइयो
प्रकाशित मिति : 8 April, 2024 6:53 pm
काठमाडौँ । नेपाली सेनाले औपचारिक कार्यक्रम गरेर यस वर्षको घोडेजात्रा मनाएको छ । अघिल्ला वर्षहरूमाझैँ यस वर्ष पनि नेपाली सेनाले काठमाडौँस्थित सैनिक मञ्च टुँडिखेलमा औपचारिक कार्यक्रमकाबिच घोडेजात्रा मनाएको हो ।
घोडेजात्रा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, नेपाल सरकारका मन्त्रीहरु, कर्मचारी प्रशासनका पदाधिकारीहरू, विभिन्न सुरक्षा निकायका प्रमुखहरू लगायत राज्यका विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
समारोहमा नेपाली सेनाले विभिन्न खेल तथा कला, कौशलहरु प्रस्तुत गरेको थियो । साथै समारोहमा नृत्य समेत प्रस्तुत गरिएको थियो ।