८ जेष्ठ २०८१, मंगलबार

स्याङ्जामा पौडी खेल्ने क्रममा एक युवक वेपत्ता

प्रकाशित मिति :  9 April, 2024 12:38 pm


काठमाडौँ । स्याङजाको आँधिखोलामा पौडी खेल्ने क्रममा एक युवक वेपत्ता भएका छन् ।

गल्याङ नगरपालिका वडा नम्बर २ गराङ्दि घर भएका १४ वर्षिय युनिक राना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

आज बिहान ६ जनाको समूह आँधिखोलामा पौडी खेल्न नदीमा पसेको थिए । तर राना बेपत्ता भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

हराइरहेका रानाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रवक्ता इन्द्र बहादुर रानाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !