१२ श्रावण २०८१, शनिबार

भारतको नैनितालमा सवारी दुर्घटना, सात नेपालीको मृत्यु

प्रकाशित मिति :  9 April, 2024 12:55 pm


काठमाडौँ । भारतमा गाडी दुर्घटना हुँदा ७ जना नेपाली सहित ८ जनाको मृत्यु भएको छ।

उत्तराखण्ड नैनीताल जिल्लाको बटालघाट क्षेत्रमा हिजो सोमबार राति साढे १० बजे गाडी दुर्घटना भएको हो। दुर्घटनामा ३ जना नेपाली घाइते भएको टाइम्स अफ इण्डियाले जनाएकाे छ ।

गाडी सडकबाट १ सय ५० मिटर तल खाडलमा खसेको छ। मृतक नेपालीहरू ४५ वर्षीय धिरज, ५० वर्षीय विश्राम चौधरी, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी र ६० वर्षीय गोपाल बस्नेत छन्। मृतक र घाइते नेपालका कुन जिल्लाका हुन् भन्ने खुलेको छैन। केही भारतीय सञ्चारमाध्यमले मृतकहरू नेपालकाे महेन्द्रनगरका रहेको उल्लेख गरेको छ।



प्रतिक्रिया दिनुहोस !