१८ बैशाख २०८१, मंगलबार

स्याङ्जाको वालिङमा आगलागीबाट घरगोठ जलेर नष्ट, लाखौँको क्षति

प्रकाशित मिति :  10 April, 2024 4:53 pm


काठमाडौँ । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १२ ढिकिडाँडा हिजाे (मंगलबार) दिउँसो आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

वालिङ् नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष विश्वजंग गुरुङका अनुसार आगलागीबाट चार गोठ र एक घर जलेर नष्ट भएका छन् । स्थानीय गोविन्द लुईंटेल बस्दै आएको घरमा रहेको टौवाबाट आगो लागेर घरगोठ पुर्णरूपले जलेर नष्ट भएको थियो ।

आगलागीबाट लताकपडा, अन्नपात र नगदगरी करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको वडा अध्यक्ष गुरुङले जानकारी दिए ।

स्थानीयवासी, नेपाल प्रहरीले करिब ६ घन्टापछिमात्र आगो नियन्त्रणमा लिएको अध्यक्ष गुरुङ्ले बताए ।



प्रतिक्रिया दिनुहोस !