२५ बैशाख २०८१, मंगलबार

विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनद्धारा संघर्षका कार्यक्रम घोषणा

प्रकाशित मिति :  10 May, 2020 10:34 am


काठमाण्डौं, २८ वैशाख ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन,नेपालले भारतले नेपाली भूमि मिचेको बिरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेका छ ।

संगठनका कार्यवाहक अध्यक्ष दिनेशले विज्ञप्ति जारी गर्दै भण्डाफोरदेखि नेपाल र भारतीय प्रधानमन्त्रीको पुत्ला दहनसम्मको संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

संगठनले वैशाख २९ गते कालो व्यानरमा सामाजिक संजालमा व्यापक भण्डाफोर गर्ने ,प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाउने , ३१ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शवयात्रा र पुत्ला जलाउने तथा जेठ १ गते भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउने बताएको छ ।

कार्यवाहक अध्यक्ष दिनेशले निकालेको विज्ञप्तिमा भनिएको छ,‘ भारतीय साम्राज्यवादले नेपालको भूमि हडप्ने प्रक्रियामा जनवादी गणतन्त्र चीनको समेत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा साथ रहे संगठन र नेपाली जनतालाई त्यो स्विकार्य नहुने र नेपालको स्वाभिमान, सार्वभौम सत्ता र अखण्डताको सम्मान गर्न पनि अपिल गर्दछौँ ।’

संगठनले भारतको गतिविधिले नेपालको स्वाधिनता, सार्वभौम सत्ता र अखण्डतामाथी ठूलो आँच आएको ठहर गरेको छ । सँगठनले संघर्षमा उत्रन अपल समेत गरेको छ ।

विज्ञप्तिमा भनिएको छ,र्‘ वैदेशिक हस्तक्षेप विरुद्ध र स्वाधिनताका लागि सम्पूर्ण देशभक्त युवा विद्यार्थी, राजनैतिक दलका युवा, वुद्घिजीवि, कर्मचारी सेना प्रहरी र आम नेपाली जनता एकताबद्ध हुँदै राष्ट्रिय मुक्ति प्रतिरोधमा उत्रिन अपिल गर्दै कोभिड—१९ लाई ख्याल गर्दै संघर्षमा संगठनलाई साथ दिन अपिल गरिन्छ ।’

भारतले नेपालको कालापानी क्षेत्रमा पर्ने ब्यास र गुञ्जीको भूमि मिचेर लिपुलेक हुँदै चीनको सिमाना जोड्ने सडक उद्घाटन गरेपछि चर्को विरोध हुँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस !