प्रर्दशनका क्रममा घाइते राप्रपा बर्दियाका नेता डाँगीको निधन
प्रकाशित मिति : 15 April, 2024 10:58 am

काठमाडौँ । चैत २७ गते काठमाडौँको प्रर्दशनको क्रममा घाइते भएका राप्रपाका एक नेताको उपचारका क्रममा निधन भएको छ ।
बर्दियाको मधुवन नगर कार्यसमितिका अध्यक्ष ठाकुरप्रसाद डाँगीको उपचारका क्रममा निधन भएको हो ।
चैत २७ गतेको प्रदर्शनको क्रममा प्रहरीको अश्रुग्यास प्रहारबाट घाइते डाँगीको छाउनी अस्पताल,काठमाडौँमा उपचारका क्रममा निधन भएको राप्रपाले जनाएको छ ।
उच्च रक्तचापको समस्या रहेको डाँगीको टाउकोमा प्रहरीले प्रहार गरेको अश्रुग्याँस लागेको थियो ।
अश्रुग्यास लागेपछि डाँगीमा टाउ र श्वासप्रस्वासमा समस्या देखिएको थियो ।
डाँगीको पार्थिव शरिर अन्तिम श्रद्धान्जलीका लागि अहिले १२ः०० बजे राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा राखिने राप्रपाले जनाएको छ ।