१७ बैशाख २०८१, सोमबार

स्याङ्जाको वालिङमा बसको ढोकाबाट खसेर एक युवकको मृत्यु

प्रकाशित मिति :  16 April, 2024 2:35 pm


काठमाडौँ । स्याङ्जाको वालिङ नगरपालिकामा बसबाट खसेर एक युवकको मृत्यु भएको छ ।

वालिङ नगरपालिका वडा नम्बर १३ स्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ६८९७ नम्बरको बसबाट खसेर परीक्षा दिएर फर्कँदै गरेका विद्यार्थी अमित शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पावलसिंह लामाले जानकारी दिए ।

सर्लाहीको मलङ्गवा नगरपालिका वडा नम्बर ६ घर भई वालिङ नगरपालिका वडा नम्बर १ स्थित रणवीर जनहित माविमा इलेक्ट्रिक इन्जिनियरमा अध्ययनरत २० वर्षीय शाह बसको ढोकाबाट खसेको र सोही बसको टायरले किचेको प्रहरीले जनाएको छ ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !