१८ बैशाख २०८१, मंगलबार

एन्फा उपाध्यक्ष लामा लागु औषध मुद्दामा पक्राउ

प्रकाशित मिति :  17 April, 2024 11:42 am


काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लागू औषध मुद्दामा दोषी ठहर भएका लामालाई कैद भुक्तानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ब्राउन सुगर मुद्दामा अदालतबाट दोषी ठहर भएर पनि उनी पक्राउ पर्न सकेका थिएनन् । यहीबिचमा उनी एन्फा उपाध्यक्ष बनेका थिए ।

लामालाई ५ वर्ष कैद सजाय भएकामा करिब ४ वर्ष भुक्तान हुन बाँकी थियो। गएको एन्फा निर्वाचनमा उनी उपाध्यक्ष निर्वाचित भएका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीलाई लामालाई पक्राउ गरेर अदालत पेश गर्ने तयारी गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !