१८ बैशाख २०८१, मंगलबार

सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते

प्रकाशित मिति :  17 April, 2024 12:08 pm


काठमार्डौँ । दाङबाट रुकुम जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन्।

आज (बुधबार) बिहान पौने ११ बजेतिर सल्यानको बागचौर नगरपालिका वडा नम्बर २ ठिङबाङस्थित पुलबाट बस खस्दा १४ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घाइतेहरूमध्ये चारजनाको अवस्था गम्भीर छ भने १० जनाको अवस्था सामान्य छ। घोराहीबाट रुकुम जाँदै गरेको रा.१ख २०८५ नम्बरको बस अनियन्त्रित भएर पुलबाट खसेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !