१९ बैशाख २०८१, बुधबार

स्याङ्जामा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु

प्रकाशित मिति :  18 April, 2024 8:37 pm


काठमाडौँ । स्याङ्जाको विरुवा गाउँपालिकामा आगो निभाउने क्रममा जलेर बिहीबार दिउँसो एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिरुवा गाउँपालिका वडा नम्बर ७ कुमेरदुङ बस्ने ७४ वर्षीय रेउसरी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता ईन्द्र बहादुर रानाले जानकारी दिए ।

रानाका अनुसार आफ्नो बारीमा कोदोको बिउ राख्नलाई पात-पतिङ्गर जलाउने क्रममा आगो जंगलमा सल्कन गई आगो निभाउने क्रममा जली गुरुङ घटनास्थलमै मृत्यु भएको हो ।

घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !