२० बैशाख २०८१, बिहिबार

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना

प्रकाशित मिति :  19 April, 2024 8:44 am


काठमाडौँ। सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना भएको छ ।

दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित पिस्कर जान लागेको बा ४ ख ५६१६ नम्बरको जन्ती बस शुक्रबार बिहान साढे सात बजे दुर्घटना भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

दुर्घंटनामा ३ जनाको मृत्यु भएको दुलहासहित ३२ जना घाइते भएको बताइएको छ।

घटनास्थलमा पुगेको प्रहरीले थप अनुसन्धान भइरहको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !