२० बैशाख २०८१, बिहिबार

काठमाडौँबाट पेस्तोल र गोलीसहित एकजना पक्राउ

प्रकाशित मिति :  19 April, 2024 2:47 pm


काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरबाट प्रहरीले अटोमेटिक पेस्तो एक थान र सोही पेस्तोलका गोली चार राउण्डसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी वृत बौद्ध र प्रहरी बिट नयाँबस्तीबाट खटिएको प्रहरीले हिजाे (बिहीबार) दिउँसो गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ नयाँबस्ती बस्ने काभ्रेपलाञ्चोक रोसी गाउँपालिका वडा नम्बर ५ घर भएका ३८ वर्षीय मिमसिंह लामालाई पेस्तो र गोलीसहित पक्राउ गरिएको हो ।

प्रहरीले बा १८ च ८३६१ नम्बरको स्कारपियो जाँच गर्ने क्रममा स्कारपियोमा सवार लामालाई उक्त पेस्तोल र गोलीसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !