२० बैशाख २०८१, बिहिबार

स्याङ्जाबाट लागु औषधसहित दुई जना पक्राउ

प्रकाशित मिति :  19 April, 2024 3:58 pm


काठमाडौँ । स्याङ्जाको पुतलीबजार नगरपालिकाबाट लागु औषधसहित दुई जना पक्राउ परेका छन् ।

पुतलीबजार नगरपालिका वडा नम्बर ११ सुम्रेखोलाबाट नुर्फिन १४ एम्पुल ,फेनरागन १२ एम्पुल ,डाईजेपाम १३ एम्पुल गरी जम्मा ३९ एम्पुल अवैध लागूऔषध सहित २ जनालाई बिहिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भीरकोट नगरपालिका वडा नम्बर ३ बस्रे ३२ वर्षीय अनिल क्षेत्री र साेही ठाउँका २२ वर्षीय शिव दर्जी जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता ईन्द्र बहादुर रानाले जानकारी दिए ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !