२१ बैशाख २०८१, शुक्रबार

महामन्त्री थापाको दाबी : वर्तमान सत्तागठबन्धन माघ महिनासम्म

प्रकाशित मिति :  20 April, 2024 3:55 pm


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किसक्ने दाबी गरेका छन् ।

इलाममा आयोजित चुनावी सभालाई आज सम्बोधन गर्दै महामन्त्री थापाले अहिले बनेको गठबन्धनले २०८१ सालको माघ काट्न नसक्ने दाबी गरे ।

उनले भने,“म कसम खाएर भन्दिनँ तर म दाबी गरेर इलामेली जनताकोअघि भन्नसक्छु, २०८१ सालको वैशाख ८ गते हो आज । अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कटाएछ भने तपाईहरुको बीचमा फेरि जवाफ दिन आउनेछु ।”

चुनावको अगाडि गठबन्धन जनतालाई धोका भएको महामन्त्री थापाको टिप्पणी थियो । उनले चुनावको अघिको गठबन्धन बेइमानी, मतदाताको स्वतन्त्रताको अपहरण र मतदाताको अवमूल्यन भएको बताए ।

उनले भने,“चुनावको अगाडि गठबन्धन जनतालाई धोका हो । चुनावको अघिको गठबन्धन बेइमानी हो । चुनाव अघिको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहरण हो । चुनाव अघिको गठबन्धन मतदाताको अवमूल्यन हो ।”

महामन्त्री थापाले गठबन्धनको राजनीतिले नेपालको राजनीतिलाई फोहोर बनाएको टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस !