२१ बैशाख २०८१, शुक्रबार

प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम प्रणालीमा सुधार गर्न सुझाव

प्रकाशित मिति :  21 April, 2024 12:33 pm


पोखरा । नेपालमा हाल सञ्चालनमा रहेका प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टिभिइटी)) मै सुधार गर्नुपर्ने एक अध्ययनले देखाएको छ । काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसन (कुसोएड) ले गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम (टिभिइटी) सम्बन्धि अध्ययनले‌ यस्ता तालिम कार्यक्रमहरू अहिले समन्वयविहीन ढंगले सञ्चालन भइरहेकोले प्रभावकारी बन्न नसकेको पाइएको हो।

प्राविधिक शिक्षालय र निर्माण क्षेत्रका रोजगारदाताबीच समन्वयको अभावका कारण सीपयुक्त जनशक्तिले रोजगारी नपाएको, तथा स्थानीय तहले औपचारिक प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमलाई प्राथमिकता नदिएको अध्ययनमा उल्लेख छ।
कुसोएडले सार्वजनिक गरेको ‘युवा रोजगार र आयः सन् २०२२ को युवा सर्वेक्षणको निचोड’ र ‘टिभिइटीमा स्थानीय सरकारको लगानीः नेपालको गण्डकी प्रदेशको अध्ययन’ ले टीभिईटी प्रयासहरूलाई अगाडि बढाउन सबै पक्षको सहकार्यको आवश्यकता औंल्याइएको छ ।
कार्यक्रममा काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. महेशनाथ पराजुलीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम (टिभिइटी) क्षेत्रका प्रमुख सरोकारवालासँग सहकार्य नभइ सोचिएको प्रतिफल हासिन नहुने बताए ।

गण्डकी प्रदेशका सांसद कल्पना तिवारीले कुसोएडको मिसन र अनुसन्धानका निष्कर्षलाई कार्ययोग्य नीतिमा समाहित गर्नका लागि अटुट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् भने प्रदेश लोकसेवा आयोगका कल्पना लम्सालले  गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानमार्फत प्राविधिक तथा व्यावसायिक शिक्षाका कार्यक्रम अघि बढाइएको बताइन।

गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका तोयानाथ लम्साल, गण्डकी विश्वविद्यालयका उपकुलपति नवराज देवकोटा, लगायतको उपस्थिति रहेको कार्यक्रममा होटल एशोसिएशन पोखराका अध्यक्ष लक्ष्मण सुवेदी टिभीइटी आधुनिक विश्वको प्रगतिको आधार हो भएको बताए ।

कार्यशालाका सहभागीले गण्डकी प्रदेशलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै नेपालको सहरी भू–भागमा टिभीइटी पहललाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !