२१ बैशाख २०८१, शुक्रबार

सहकारी चोरीमा संलग्न ६ जना पक्राउ

प्रकाशित मिति :  22 April, 2024 2:15 pm


काठमाडौँ । झापा जिल्लाको बिभिन्न स्थानमा रहेको सहकारीहरू चोरीमा संलग्न रहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला मकवानपुर ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर ५ का ३० बर्षिय सोमलाल स्याङ्तान, २१ बर्षीय सुनिल भन्ने सन्त बहादुर स्याङ्तान, २२ बर्षीय सुनिल स्याङ्तान, २५ बर्षीय बुद्ध स्याङ्तान, २६ बर्षीय सुजन स्याङ्तान र मकवानपुर गढी गाउँपालिका(८ का २८ बर्षीय अजय राना मगर रहेका छन् ।

पक्राउ परेका उनीहरूले बिभिन्न मिति र समयमा १३ वटा सहकारीहरू योजनाबद्ध तरिकाले चोरी गरेको खुल्न आएको छ ।
सहकारी चोरी भएको घटनाको जानकारी जिल्ला प्रहरी कार्यालय झापामा प्राप्त हुनासाथ अनुसन्धान तथा खोज तलासमा खटिएको प्रहरी टोलीले कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको समन्वय र जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा संलग्न ६ जनालाई ईटहरीको बिभिन्न स्थानमा लुकि छिपि बसेको अवस्थमा बैशाख ७ गते पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूकाे साथबाट मोटरसाईकल २ थान, सहकारी चोरीमा प्रयोग गरेको विभिन्न औजारहरू र उनीहरुले उक्त समयमा प्रयोग गरेको कपडा समेत बरादम गरेको छ ।

बिभिन्न सहकारीहरूबाट ३० लाख १६ हजार ६ सय ८७ रुपैया चोरी गरेको खुल्न आएको छ भने पक्राउ परेका ६ जनालाई सम्मानित जिल्ला अदालत झापाबाट चोरी कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !