३१ बैशाख २०८१, सोमबार

हत्या गरी फरार रहेका अभियुक्त ९ वर्षपछि पक्राउ

प्रकाशित मिति :  28 April, 2024 5:53 pm


काठमाडाैँ । फुपुको छोरीको हत्या गरी फरार रहेका अभियुक्तलाई नेपाल प्रहरीले ९ वर्षपछि पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले ९ वर्षअघि फुपुको छोरीको हत्या गरी फरार रहेका अभियुक्त समरबहादुर सार्कीलाई आइतबार पक्राउ गरी सार्वजनिक गरिएको हो ।

अभियुक्तलाई काठमाडौँस्थित चान्लाखेल क्षेत्रबाट पक्राउ गरिएको हो । अभियुक्त सार्कीले मिति २०७१ साल असोज ३१ गते फुपुको छोरीको हत्या गरी फरार भएका थिए । फुपुको छोरी २३ वर्षीया सुनमाया किसान९सार्की०को हत्या गरी शौचालयमा फालिएको अवस्थामा कार्तिक १ गते शव फेला परेको थियो ।

प्रहरीले दिएको जानकारी अनुसार म्याग्दी जिल्ला तत्कालिन कुहु गा.वि.स. वडा नम्बर ५ स्थायी घर भएकी सुनमाया किसान काठमाडौँ जिल्ला तत्कालित सेतीदेवी गा.वि.स वडा नम्बर ४ तौथलीमा आफ्नो मामा गंगाबहादुर सार्कीसँग कुष्ठरोग आरोग्य आश्रममा बस्ने गरेकी थिइन् ।

कीर्तिपुर कृषि कार्यालयमा जेटिएको रुपमा कार्यरत रहेकी उनको कोठामा मामाका छोरा समरबहादुर सार्की २०७१ साल असोज ३१ गते बुबा भेट्न आएका थिए । सोही राती खाना खाएर सुत्ने तरखरमा रहँदा सुनमायाले फोनमा ठूलो आवाजमा कुरा गरेपछि भएको विवादका क्रममा उनको हत्या भएको देखिएको प्रहरी नायव उपरीक्षक सुरक्षा केसीले जानकारी दिए ।

अभियुक्त हत्या गरेर भोलिपल्टै भारततर्फ प्रवेश गरेका थिए । पक्राउ परेका उनलाई आवश्यक कारबाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !