२ जेष्ठ २०८१, बुधबार

चक्कु प्रहार हुँदा स्याङ्जामा एक जनाको मृत्यु

प्रकाशित मिति :  29 April, 2024 10:37 am


काठमाडाैँ । स्याङ्जाको वालिङ नगरपालिकामा धारिलो हतियार प्रहार हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ घर भएका २० वर्षीया आयुष चौधरी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता ईन्द्र बहादुर रानाले जानकारी दिए ।

वालिङ नगरपालिका वडा नम्बर १३ बायाटारी स्थित मुक्ति सारुको घरमा डेरी गरी बस्ने निम बहादुर घर्तीमगरले चौधरीलाई आइतबार राति चक्कु प्रहार गरी घाइते बनाएका थिए ।

चक्कु प्रहारबाट घाइते भएका उनको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले बताएको छ । चक्कु प्रहार गर्ने दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ घर भएका निम बहादुर घर्ती मगरलाई प्रहरीले नियन्त्रण लिएको छ ।



प्रतिक्रिया दिनुहोस !