४ जेष्ठ २०८१, शुक्रबार

पर्वतमा भएको वृद्ध दम्पतीको हत्या आरोपमा दुई जना पक्राउ

प्रकाशित मिति :  30 April, 2024 2:19 pm


काठमाडौं । पर्वतको जलजला गाउँपालिका–२, मल्लाजमा भएको एक वृद्ध दम्पतीको हत्यामा आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले कृष्ण विक र दिपक परियारलाई पक्राउ गरेको स्रोतले जनाएको छ । लुटपाट गर्ने उद्देश्यले नै उनिहरुको दम्पतीको हत्या गरिएको देखिएको प्रहरीले जनाएको छ ।

१९ चैतको राति ९ बजेसम्म आफन्तसँग फोनमा कुराकानी गरेर सुतेका ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ वर्षीया कमला जिसी भोलिपल्ट मृत भेटिएका थिए ।



प्रतिक्रिया दिनुहोस !