४ जेष्ठ २०८१, शुक्रबार

रुसी सेना छाडेर भाग्दै नेपालीहरू : युक्रेन

प्रकाशित मिति :  2 May, 2024 2:07 pm


काठमाडौं । पछिल्लो समय रुसी सेनामा प्रवेश गरेका नेपालीहरु भाग्ने क्रम बढेको युक्रेनले दाबी गरेकाे छ ।

युक्रेनको सैन्य गुप्तचर निकाय (एचयुआर)का अनुसार रुसको सशस्त्र बलको सैन्य एकाई नम्बर २९३२८ मा खटाइएका नेपाली भाडाका सैनिकहरू ठुलो नोक्सानी, तलब भुक्तानीकाे अभाव र कमाण्डरहरूको दुव्र्यवहारका कारण पलायन भइरहेका छन् ।

रुसी सेनामा आदेश पालना गर्न अस्विकार गर्नेलाई मृत्युदण्ड दिइने हुनाले पनि नेपालीहरू रुसी सेना छाडेर हिडिरहेको एचयुआरले दबी गरेकाे छ ।

हालसम्म रुसी सेनामा कति नेपाली यकिन तथ्यांक छैन । परराष्ट्र मन्त्रालयले पनि रुसी सेनामा रहेका नेपालीको तथ्यांक यकिन गर्न कठिन रहेको बताएको छ ।

अपुष्ट तथ्यांकको आधारमा हजार भन्दा माथिको संख्यामा नेपालीहरु रुसी सेनामा ‘कन्ट्रयाक्ट आर्मी’को रुपमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !