जेठ २३ गतेदेखि पोलियोरोग विरुद्धको खोप अभियान सञ्चालन
काठमाडौं । सरकारले देशभरका बालबालिकालाई लक्षित गरेर पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ।
आगामी जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको खोप ९आईपीभी० अभियान सञ्चालन गर्न लागिएको हो। यसअघि खोप लगाउन छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउनेछन्।
स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। अभियान गौतमले पोलियो रोगबाट बचाउन देशभरिका करिब १४ लाख ६२ हजार बालबालिकालाई पोलियो रोगविरुद्धको खोप ९आईपीभी० लगाइने जानकारी दिए।
पोलियो रोगको सङ्क्रमण अझै देखिएकाले अभियान सञ्चालन गर्न लागिएको हो। विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई उक्त खोप लगाउन सक्नेछन्।
सन् २०१६ देखि २०१८ को बीचमा उक्त ९आईपीभी० खोप उत्पादन हुन नसकेपछि ती उमेर समूहका बालबालिका खोप लगाउनबाट छुटेका थिए। खोप अभियानका लागि ग्लोबल एलाएन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन ९गाभी०ले रु ३२ करोड बराबरको खोप उपलब्ध गराएको विभागले जनाएको छ।
‘नियमित रुपमा ती बालबालिकालाई लगाइने पोलियोविरुद्धको खोप गाभीले त्यतिबेला उपलब्ध गराउन सकेको थिएन,’ उनले भने, ‘अहिले फेरि खोप उपलब्ध गराएपछि लगाउने तयारी गरिएको हो।’
नियमिततर्फ पोलियोविरुद्ध छ हप्ता, १० हप्ता र १४ हप्ताका बालबालिकालाई मुखबाट थोपा तथा १४ हप्ता र नौ महिनासम्मका बालबालिकालाई खोप लगाइन्छ।
दुई सातासम्म चल्ने अभियानमा पोलियोविरुद्धको खोप ९आईपीभी० दिइने छ। सरकारले सन् २०२६ सम्म नेपालबाट पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ।








