५ जेष्ठ २०८१, शनिबार

स्याङ्जामा मापसे समूहको कुटपिटबाट प्रहरी घाइते, तीन जना पक्राउ

प्रकाशित मिति :  5 May, 2024 11:33 am


काठमाडौँ । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १३ मा गस्तीमा रहेका प्रहरीका असई मोहन सिंहमाथि तीन जना युवाको समूहले कुटपिट गरेको छन् ।

हिजो (शनिवार) राति साढे १० बजे वालिङमा राति जाँड खाएर एक समूहले होहल्ला गरिरहेको सूचना पाएपछि असई सिंहको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। त्यही क्रममा उनीहरूलाई नियन्त्रणमा लिने क्रममा असई सिंहमाथि कुटपिट भएको हो। घाइते सिंहको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए।

कुटपिटमा प्रहरीले वालिङ नगरपालिका वडा नम्बर १२ का २५ वर्षीय काजी गुरुङ, २४ वर्षीय सुदीप गुरुङ र २८ वर्षीय रविन गुरुङलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ।

घाइते सिंहको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। उनी वालिङको थुमपोखरा प्रहरी चौकीका इन्चार्ज हुन्।

घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !