५ जेष्ठ २०८१, शनिबार

आजपनि सुनुवाइ भएन सन्दिपको मुद्दा

प्रकाशित मिति :  5 May, 2024 2:33 pm


काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ ।

सुनुवाईको लागि पहिलो नम्बरमै रहेको सन्दीपको मुद्दाको पेसी पाटन उच्च अदालतका मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा हेर्न नमिल्ने भनी आदेश गरेको छ ।

यसअघि मुख्य न्यायाधीश निरौला संलग्न इजलासले २३ चैतमा दुवै पक्षलाई झिकाउने आदेश गरेको थियो । प्रत्यर्थीहरू झिकाउने आदेशमा यसअघि नै संलग्न भएपछि हेर्न नमिल्ने आदेश भएको हो ।

यसअघि चारपटक पेसी तोकिएर पनि छिनोफानो हुन नसकेको सो मुद्दा आज पहिलो नम्बरमै पेसी परेकाले सुनुवाइ हुने अपेक्षा गरिएको थियो।

अघिल्लो पेसीमा इजलासले सन्दीपको मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएबमोजिम मुद्दाले अग्राधिकार पाएपनि मुद्दाको सुनवाइ हुनेमा सन्दीपका कानून व्यवसायी विश्वस्त थिएनन् ।

क्रिकेटर सन्दिप लामिछानेलाई जिल्ला अदालतले ८ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । फैसलापछि दुवै पक्ष पुनरावेदन गर्दै उच्च अदालत पाटन पुगेका हुन्।



प्रतिक्रिया दिनुहोस !