५ जेष्ठ २०८१, शनिबार

कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

प्रकाशित मिति :  5 May, 2024 4:41 pm


काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कीर्तिपुरबाट रत्नपार्क जाँदै गरेको बा.३ ख.२०२७ नम्बरको बस कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि दुर्घटना भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार दुर्घटनामा एकजना यात्रुको मृत्यु भएको र तीन जना घाइते भएका छन् । घाइतेको उपचारका लागि अस्पताल पठाइएको छ।

बैतडी घर भई कीर्तिपुर बस्ने २४ वर्षीय डम्बर पन्त, २४ वर्षीया बिमला श्रेष्ठ र बस चालक २७ वर्षीय रमेश लामा घाइते छन्। पन्त र श्रेष्ठको उपचारको लागि कीर्तिपुर अस्पतालमा पठाइएको छ। बस दुर्घटनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !