५ जेष्ठ २०८१, शनिबार

चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

प्रकाशित मिति :  5 May, 2024 10:55 pm


काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका वडा नम्बर ९ बाट आइतबार चोरीको मोटरसाइकलसहित एक जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

काभ्रेपलाञ्चोकको खानिखोला गाउँपालिका वडा नम्बर २ घर भइ हाल भक्तपुरको निकोशेरा बस्दै आएका २९ वर्षीय विकास थिङलाई नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको हो ।

वास्तविक नम्बर परिवर्तन गरेर बा ८३ प ९० ३७ नम्बर राखी चलाइरहेको अवस्थामा थिङलाई आज मध्यान्ह १२ बजे ट्राफिक प्रहरीले फेला पारेको थियो । नियन्त्रणमा आएका थिङलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बानेश्‍वर पठाइएको छ ।

बागमती प्रदेश ०२-०२४ प २१ ३९ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल काठमाडौंको काडाँघारी लाहुरे चोकबाट हराएको भनि मोटरसाइकल धनि रामेछापको खाँडा देवी गाउँपालिका वडा नम्बर ६ का निर्मल केसिले गत मंसिर १९ गते काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए । प्राप्त निवेदनका आधारमा खोजतलास गर्ने क्रममा मोटरसाइकल सहित थिङ पक्राउ परेका हुन् ।



प्रतिक्रिया दिनुहोस !