६ जेष्ठ २०८१, आइतबार

शंखपार्कमा एक पुरुषको शव फेला

प्रकाशित मिति :  6 May, 2024 10:33 am


काठमाडौँ । काठमाडौँको महाराजगन्जस्थित शंखपार्कमा एक पुरुषको शव फेला परेको छ । सोमबार बिहान पार्कमा अन्दाजी ३५ वर्षका एक जना पुरुषको शव फेला परेको प्रहरी वृत्त महाराजगञ्जका डीएसपी अमर थापाले जानकारी दिए ।

पार्कमा मृत भेटिएका पुरुषबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव पहिचान हुने सकेको छैन । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइने डीएसपी थापाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !