६ जेष्ठ २०८१, आइतबार

जनकपुरधाममा सहकारीका कर्मचारीको ८० लाख लुटियो

प्रकाशित मिति :  6 May, 2024 2:19 pm


जनकपुर । जनकपुरधाममा हतियारधारीले सहकारी संस्थाका एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटेका छन् ।

जनकपुरको शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर ८० लाख लुटिएको प्रहरीले जनाएको छ ।

जनकपुरधामस्थित हिमालयन बैंकबाट पैसा झिकेर रघुनाथपुर फर्किँदै गरेका महतोलाई हतियारसहित आएका तीन जनाले उनीसँग भएको ८० लाख लुटेको प्रहरीले जनाएको छ।

घटनाका विषयमा अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !