६ जेष्ठ २०८१, आइतबार

बुटवलमा अनलाइन सट्टेबाज गराउने १३ जना भारतीय पक्राउ

प्रकाशित मिति :  7 May, 2024 6:01 pm


काठमाडौँ । बुटवलमा अनलाइन सट्टेबाजीमा संलग्न भएको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवलको होराइजन चोकबाट १३ जनालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट १३ थान कम्प्युटर तथा ३९ थान मोबाइल समेत बरामद गरिएको छ। अनलाइन गेम खेलाएर सट्टेबाजी गरेको आशंकामा प्रहरीले छापा मारेर १३ जना भारतीयलाई पक्राउ गरेको हो ।

पछिल्लो समय बुटवलको कालिकानगर होराइजन चोकस्थित एक घर भाडामा लिएर अनलाइन गेम खेलाउने र सट्टेवाजी गराउने गरिरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो ।

स थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !