७ जेष्ठ २०८१, सोमबार

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिका सहित चार जना पक्राउ

प्रकाशित मिति :  9 May, 2024 5:34 pm


काठमाडौँ । कक्षा १२ को प्रश्नपत्र आउट गरेर हल गरिरहेका चार जना उत्तरपुस्तिका सहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नम्बर ६ सरस्वतीनगर कपन बस्ने वर्ष ३८ को माधव त्रिपाठी, दक्षिणकाली नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष १९ को सबिन पौडेल, कागेश्वरी मनहरा बस्ने वर्ष २० को सितेश कुमार यादव र कागेश्वरी थली बस्ने बस्ने वर्ष २३ को रोशन रानाभाट रहेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

वैशाख २६ गते बिहान ८ देखि १० बजेसम्म कक्षा १२ को कम्प्युटर साइन्स को परीक्षा चलिरहेको समयमा उक्त विषयको प्रश्नपत्र आउट गरी शंकास्पद रूपमा काठमाडौँ महानगरपालिका वडा नम्बर ६ स्थित वेलकम पार्टी प्यालेसको हलमा उनीहरूले अनाधिकृत रूपमा परीक्षा दिएको पाइएको छ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयबाट जारी भएको मूल उत्तर पुस्तिकामा सम्बन्धित विषयको नै उत्तर हल गरिरहेको अवस्थामा उक्त पार्टी प्यालेसबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।



प्रतिक्रिया दिनुहोस !