७ जेष्ठ २०८१, सोमबार

मोरङबाट २१८ किलो गाँजासहित एक जना पक्राउ

प्रकाशित मिति :  9 May, 2024 5:39 pm


काठमाडौँ । मोरङको जहदा गाउँपालिका वडा नम्बर ३ हाथिबन्दाबाट २१८ किलो १७५ ग्राम लागुऔषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा आज दिउँसो साँढे १ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले स्थानीय २४ बर्षीय भगवान किस्कुलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !