१२ श्रावण २०८१, शनिबार

दोलाखामा मलामी बोकेको जीप दुर्घटना हुँदा १४ जना घाइते

प्रकाशित मिति :  15 May, 2024 10:41 am


काठमाडौं । दोलखामा मलामी सवार बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

बुधबार (आज) बिहान साढे ८ बजे मेलुङ गाउँपालिका वडा नम्बर १ चिम्टे भन्ने ठाउँमा मलामी सवार बागमती प्रदेश ०१ ०२ च ९८१३ नम्बरका जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

दुर्घटनामा घाइते भएका १४ जनामध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

स्थानीय टकबहादुर कार्कीको मलामी गएर फर्किरहेका गाउँले जीपको ब्रेक फेल हुँदा गाडी दुर्घटनामा परेको प्रहरीको भनाई छ । यस विषयमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !