१२ श्रावण २०८१, शनिबार

कञ्चनपुरमा एक जनाको हत्या

प्रकाशित मिति :  16 May, 2024 11:29 am


काठमाडौं । कञ्चनपुरमा एक जनाको हत्या भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–६ को विद्यानगरका लछी चन्दको ढुंगा प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ ।

उनको हत्या अभियोगमा बेलौरीकै ३५ वर्षीय महेश भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक९डीएसपी० उमेश जोशीले जानकारी दिए ।

उनकाअनुसार मादक पदार्थ सेवनका क्रममा विवाद भएपछि भण्डारीले ढुंगा प्रहार गरी चन्दको हत्या गरेको खुलेको छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !