थलीमा मृत फेला परेका कृष्ण नगरकोटीका छोरा र छोरी प्रहरी नियन्त्रणमा
प्रकाशित मिति : 21 May, 2024 12:41 pm
काठमाडौं । काठमाडौंको थलीमा मृत फेला परेका कृष्ण नगरकोटीका छोरा र छोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले मृतकका छोरालाई फर्पिङबाट र छोरीलाई बबरमहलबाट नियन्त्रणमा लिएको जनाएको छ ।
भक्तपुर नगरपालिका–७, छालिङ ठेगाना भएका मृतक नगरकोटी आज बिहान थलीको उकालोमा मृत फेला परेका थिए । उनको घाँटीमा धारिलो हतियारले काटेको र अनुहार कालो कपडाले छोपेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
नगरकोटीका छोरा भने काठमाडौंको फर्पिङमा घाइते अवस्थामा फेला परेका छन् । उनलाई नियन्त्रणमा लिएर प्रहरीले टेकुमा ल्याएर अनुसन्धान अगाडी बढाएको जनाएको छ । भने








