२० मंसिर २०८२, शनिबार

प्रहरीले सिरोहियालाई धनुषा अदालतमा पेश गर्‍यो

प्रकाशित मिति :  22 May, 2024 11:57 am


काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई म्याद थपका लागि धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

मंगलबार काठमाडौं स्थित कान्तिपुरको कार्यकक्षबाटै पक्राउ परेका सिरोहियालाई प्रहरीले म्याद थपका लागि आज अदालतमा पेश गरेको हो ।

प्रहरीले उनलाई मंगलबार काठमाडौंबाट पक्राउ गरी धनुषा पुर्याइएको थियो ।

अहिले अदालत आसपासको सुरक्षा व्यवस्था निकै कडा छ । बाक्लो संख्यामा त्यहाँ प्रहरी परिचालन भएका छन् ।

नागरिकता कीर्ते सम्बन्धी कसुरमा अनुसन्धानका लागि धनुषा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको थियो । जाहेरीको आधारमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !