३ असार २०८१, आइतबार

स्याङ्जाको चापाकोटमा एक पुरुष मृत अवस्थामा फेला

प्रकाशित मिति :  23 May, 2024 10:35 am


काठमाडौँ । स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ८ कालीगण्डकी किनारमा एक पुरुष बुधबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मृत अवस्थामा फेला पर्नेमा चापाकोट नगरपालिका वडा नम्बर ८ खोरियाघाट घर भएका ५१ वर्षीय हस्त बहादुर माझी रहेका छन् ।

मंगलबार दिउँसो कालीगण्डकी नदीमा माछा मार्न जान्छु भनी जाल लिई एक्लै गएका माझी बेपत्ता भएका थिए । उनको खोजी कार्य गर्ने क्रममा बुधबार दिउँसो खोरियाघाटस्थित कालीगण्डकी किनारमा मृत अवस्था फेला परेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता इन्द्र बहादुर रानाले जानकारी दिए ।

प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !