सिरोहियालाई पुनः म्यादथपको लागि अदालत लगिँदै
प्रकाशित मिति : 24 May, 2024 11:35 am
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज पुनः म्याद थपका लागि अदालत लैजाने भएको छ ।
नागरिकता किर्ते सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहियालाई धनुषा प्रहरीले म्याद थपको लागि अदालत लैजाने तयारी गरेको छ ।
धनुषा जिल्ला अदालतले सिरोहियामाथि अनुसन्धान गर्न प्रहरीलाई तीन दिनको म्याद दिएको थियो । बिहिबार सार्वजनिक विदा रहेकाले प्रहरीले सिरोहियालाई आज अदालत लैजाने तयारी गरेको धनुषा प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए ।
अदालतको अनुमतिपछि प्रहरीले सिरोहियालाई काठमाडौंको थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको केन्द्रीय कार्यालयबाटै पक्राउ गरेको थियो ।








