४ असार २०८१, सोमबार

नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा एक्सकाभेटर अपरेटरको मृत्यु

प्रकाशित मिति :  26 May, 2024 10:51 am


काठमाडौँ । नारायणगढ–मुग्लिन सडकको तुइन खोला पुल नजिकै झरेको पहिरोमा पुरिएर एक्सकाभेटर अपरेटरको मृत्यु भएको छ।

इच्छाकामना गाउँपालिका वडा नम्बर ५ मा पर्ने सडक छेउमा नाला खन्नेक्रममा माथिबाट झरेको ढुंगासहितको पहिरोमा पुरिएर बर्दिया घर भएका अन्दाजी ३२ वर्षीय अपरेटर मंगल चौधरी गम्भीर घाइते भएका थिए। पहिरोमा पुरिएर एक्सकाभेटर पूर्ण रूपमा क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गम्भीर घाइते चौधरीको उपचारका क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो।



प्रतिक्रिया दिनुहोस !