१८ बैशाख २०८१, मंगलबार

थप ९ जनामा कोरोना संक्रमण, दाङमा पहिलो पटक ३* जना भेटिए

प्रकाशित मिति :  15 May, 2020 8:33 pm


अनिल सापकाेटा

बुटवल, २ जेठ ।

आजै थप नौ जना कारोना संक्रमिति भेटिएका छन् ।

दाङमा पहिलो पटक ३ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारीको विज्ञप्ति अनुसार दाङको गढवा—४ र ५ तथा तुलसीपुर—७ का २३,३६ र ३४ बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै पर्सामा ९,१० का बालक तथा २३ र ४७ वर्षीय पुरुष, उदयपुर त्रियुगा नगरपालिकाका २५ वर्षीय पुरुष र काठमाण्डौं सतुंगलका ७ वर्षीय बालक संक्रमित भेटिएका छन् । विहान मात्रै ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । आज मात्रै १८ जना कोरोना संक्रमित भेटिएका छन् ।  यो संगै देशभर कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ ।

 

*यसअघि अन्यथा भएकाले सच्चाईएको छ ।



प्रतिक्रिया दिनुहोस !