८ बैशाख २०८१, शनिबार

आज मात्रै थपिए ६२ कोरोना संक्रमित, प्रदेश-५ मा ७ जिल्ला प्रभावित

प्रकाशित मिति :  18 May, 2020 4:56 pm


काठमाण्डौं, ५ जेठ ।

आज एकै दिन ६२ जनामा कोरोना संक्रमित भेटिएका छन् । बाँकेमामात्रै ४७ जना कोरोना संक्रमित भेटिएका छन् । विहान मात्रै विभिन्न जिल्लामा ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४६ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमणको संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा बाँकेमा एकै पटक ४७ जना संक्रमित भेटिएको पुष्टि गरे । त्यस्तै विभिन्न जिल्लामा थप ६ जना कोरोना संक्रमित भेटिएका छन् ।

प्रवक्ता देवकोटाका अनुसार बिराटनगरको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा मोरङ्का एक जना पुरुष, भैरहवाको प्रयोगशालामा भएको परीक्षणमा गुल्मीका ४१ वर्षीय पुरुष, धुलीखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धनुषाका एक जना पुरुष र रौतहटका एक जना, दाङका एक जना र धादिङका एक जनामा कोरोना संक्रमणको पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

यो संगै देशभर हिलेसम्म २ जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमितको संख्या ३ सय ५७ पुगेको छ । गुल्मीमा पहिलो पटक संक्रमित व्यक्ति भेटिएका छन् । अ

प्रदेश ५मा तिब्र रुपमा संक्रमित भेटिएका छन् । बाँकेमा हिजो मात्रै एक जनाको मृत्यु भईसकेको छ । प्रदेश पाँचमा नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, दाङ गुल्मीमा संक्रमित भेटिएका छन् ।



प्रतिक्रिया दिनुहोस !