१४ बैशाख २०८१, शुक्रबार

कोरोना संक्रमित संख्या ३ सय नाघ्यो,रौतहटमा ८ र बारामा १ जना थप संक्रमित भेटिए

प्रकाशित मिति :  18 May, 2020 9:05 am


काठमाण्डौं, ५ जेठ ।

कोरोना संक्रमितको संख्या ३ सय नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहान जारी गरेर थप ९ जना कोरोना संक्रमित भेटिएको जानकारी गराएको छ । रौतहटमा ८ र बारामा १ जना कारोना संक्रमित भेटिएका हुन् ।

रौतहटको इशनाथ नगरपालिका-२,३,४,६ र ९ का २१,२१,२३,२५,२५,२९ र ३० वर्षीय पुरुष र माधवनारायण नगरपालिका—३ का २८ वर्षीय महिला रहेको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लखे छ ।

त्यस्तै बाराको करैयामाई-५ का ३८ बर्षीय पुरुष संक्रमित भेटिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । यो संगै कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ । अहिलेसम्म २ जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस !