८ आश्विन २०८३, बिहिबार

डोल्पामा सीता एयरको जहाज दुर्घटना, मानवीय क्षतिबाट जोगियो

प्रकाशित मिति :  24 September, 2026 10:12 am


काठमाडौँ। डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरणका क्रममा दुर्घटनामा परेको छ। नेपालगन्जबाट उडेको सीता एयरको ९एन–एजे जहाज बिहान ८ः२५ बजे जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेमा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार अवतरणका क्रममा जहाजको पछाडिपट्टिको दायाँ चक्का बाहिर निस्किएपछि जहाज अनियन्त्रित भएर केही पर उछिट्टिएको थियो।

घटनापछि पाइलटले तत्काल इन्जिन बन्द गरेका कारण जहाजमा आगलागी हुनबाट जोगिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि जहाज अहिले पनि रनवेमै रहेको छ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रवक्ता प्रहरी निरीक्षक पदम रावलका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन।



प्रतिक्रिया दिनुहोस !